फिल्म ‘भारत’ मा सलमान खान निभाउँदै यस्तो भूमिका − Kalakarita
फिल्म ‘भारत’ मा सलमान खान निभाउँदै यस्तो भूमिका

शनिबार, साउन ५, २०७५, १० : ४३कलाकारिता

मुम्बई – बलिउडका दबङ खान सलमान खानको फिल्म ‘भारत’ आउँदैछ । यसको चर्चा हुन थालिसकेको छ । फिल्ममा सलमान खान एक सर्कसमा काम गर्ने मोटरसाइक्लिस्टको भूमिकामा देखिँदैछन् ।

बलिउड निर्देशक अली अब्बास जफरले यो भूमिकाका लागि सलमानलाई तयार गराउँदैछन् । उनले यो आइडिया राज कपूरको मेरा नाम जोकर फिल्मबाट लिएका हुन् । सर्कस दृश्य फिल्मांकनका लागि देशभारीका पूरै सर्कसका महारथीलाई बोलाइएको छ ।

यो फिल्ममा सलमानसँगै प्रियंका चोपडा पनि हुनेछिन् भने दिशा पटानीलाई पनि देख्न सकिनेछ । फिल्मको शूटिङ २२ जुलाईदेखि हुने भनिएको छ ।

यो फिल्मको कहानी ६० को दशकतिरको हुनेछ भने फिल्मलाई मुम्बईको एक स्टुडियो र बुबईमा छायांकन गरिनेछ ।


तपाईंको प्रतिक्रिया