आइतबार, असार २४, २०७५, १० : ४३कलाकारिता
कैले हांगामा राखेर त कैले कापमा राखेर
मैले जिन्दगी छोडेको छु धरापमा राखेर!
प्रेमको दस्तावेज एक पटक पल्टाइ हेर प्रिय
मुटु पनि पठाएको छु औठाछापमा राखेर!
लाहुरे भएको दाजु कलम पठाउछु भन्थ्यो
के सम्झेर हो खुकुरी पठायो दापमा राखेर !
कुनै पाठशालाले यति शिक्षा कहिल्यै दिएन
जति शिक्षा अरबले दियो तापमा राखेर !
ए दुनियाँ ! मेघ निचोर्न देश सिङ्गार्न आएकी हुँ
वृद्ध बाबुआमा र छोराछोरी आलापमा राखेर!
तपाईंको प्रतिक्रिया