विदेश जान सलमानले मागे कोर्टसँग अनुमति − Kalakarita
विदेश जान सलमानले मागे कोर्टसँग अनुमति

मंगलबार, वैशाख ४, २०७५, ०१ : ४३कलाकारिता

मुम्बई – बलिउड अभिनेता सलमान खानले जोधपुर कोर्टसँग विदेश यात्राका लागि अनुमति मागेका छन् । कोर्टले यस मामलामा उनलाई मंगलवार मात्र फैसला दिनेछ । त्योभन्दा पहिले पनि यसबारेमा फैसला भने हुन सक्नेछ । तर, सलमान खानले यो बारेमा भने केही भनेका छैनन् । उनी विदेश यात्रा किन गर्न चाहन्छन् भन्ने बारेमा पनि कुनै कुरा बाहिर आएको छैन ।

केही समयअघि उनी कालो हरिणको शिकार गरेको आरोपमा जेल परेका थिए । पछि उनी जमानतमा रिहा त भएका थिए तर विदेश जानुपरेमा कोर्टसँग अनुमति लिनुपर्ने शर्त छ ।

सलमानले यतिबेला आफ्नो नयाँ प्रोजेक्ट ‘भारत’ को शूटिङ थालेका छन् । यो फिल्ममा प्रसस्तै भीएफएक्सको प्रयोग गरिनेछ भने फिल्मलाई अली अब्बास जफरले निर्देशन गर्दैछन् । सलमान खानसँगै यो फिल्ममा प्रियंका चोपडाले पनि अभिनय गर्नेछिन् ।


तपाईंको प्रतिक्रिया