नक्कली नोट प्रकरणमा ‘लूट’ का निर्माता माधव वाग्ले पक्राउ − Kalakarita
नक्कली नोट प्रकरणमा ‘लूट’ का निर्माता माधव वाग्ले पक्राउ

बुधबार, जेठ २, २०७५, ०८ : ४३कलाकारिता

काठमाडौं, २ जेठ – नक्कली नोटको कारोवार गरेको आरोपमा महानगरीय प्रहरी परिसरले निर्माता माधव वाग्लेसहित ६ जनालाई पक्राउ गरेको छ । वाग्लेसहित अन्य ५ लाई २ करोड ६० लाख ६३ हजार सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

निर्माता माधव वाग्लेले पछिल्लो समय चलचित्र ‘चंगाचेट’ निर्माण गरिरहेका छन् । निर्माता वाग्लेले सोही फिल्मका लागि नक्कली नोट छापेको बताएका छन् । प्रहरीले जारी गरेको विज्ञप्तिका अनुसार प्रिन्सेस मुभिज प्रालिका सञ्चालक माधव वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरका नक्कली नोट २ करोड ५२ लाख वरामद भएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिका अनुसार सुर्खेतका महेन्द्र बोगटीले खाजा गाएको बिल तिर्दा नक्कली नोट दिएको र उक्त सञ्चालकले गोंगबु प्रहरीलाई खबर गरेको र त्यसका आधारमा निजबाट नेपाली नक्कली नोट १ लाख २० हजार बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै लुभु बस्ने २४ वर्षीय सुजित ताम्राकार र साजन ताम्राकारलाई पनि प्रहरीले नक्कली नोट ७ लाख ४३ हजार सहित पक्राउ गरेको बताइएको छ ।

प्रहरीले नोट छाप्न प्रयोग गरिएको ४ थान प्लेटसमेत बरामद गरेको बताएको छ ।

साथै घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


तपाईंको प्रतिक्रिया