काठमाडौं, ५ चैत – कालजयी गीत गाउने गायिका कमला श्रेष्ठको निधन भएको छ । नेपाली सांगीतिक आकाशमा उनले गाएका कैयन् गीतमध्ये परदेशी बाबु आँगनमा दिनुहुन्न बास, सल्लाई हो जोवन कल्लाई हो, सहि दिन्छु कुट बरु बोलीले नकुट, ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् लगायतका गीत सर्वाधिक चर्चित छन् ।
श्रेष्ठ वि.सं. २०२४ मा रेडियो नेपालमा ‘नौगेडीको माला मेरो’ बोलको गीत गाएर प्रथम समेत भएकी थिइन् । उनको ६९ वर्षको उमेरमा निधन भएको हो ।
कमलाले नारायण गोपाल र गोपाल योञ्जनसँग थुप्रै गीत गाएकी छिन् । रेडियो नेपालमा उनलाई प्रथम श्रेणीकी गायिकाका रुपमा लिइन्थ्यो . लामो समयदेखि मुटु रोगबाट पीडित श्रेष्ठको सोमबार गंगालाल अस्पताल, काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।
तपाईंको प्रतिक्रिया