काठमाडौं, ८ असोज – नायिका केकी अधिकारी राम्रो अभिनय गर्ने अभिनेत्रीमा पर्छिन् भन्ने त धेरैलाई थाहै छ । उनले अभिनय गरेका प्रायः चलचित्रले औसत व्यापार गरिरहेका हुन्छन् तर उनको अभिनयको चाहिँ तारिफ हुने गर्छ ।
व्यावसायिक फिल्ममा काम गरे पनि उनले खासै क्रेज बनाउन सकिनन् तर एउटा तहमा उनी सधै रहिरहिन् ।
तर, पछिल्लो समय भने केकी फिल्ममा भन्दा पनि विज्ञापनमा बढी सीमित भएकी छिन् । केकीले फिल्म निर्माणमा समेत हात हालिन् तर पहिलो फिल्म नै चलेन । बरु चोरिएको भनेर गाली खायो फिल्मले । उक्त फिल्म थियो – कोहलपुर एक्सप्रेस ।
आजकाल खासै चर्चामा नदेखिए पनि अहिले भने केकी फिल्ममा भन्दा विज्ञापनमा देखिन थालेकी छिन् । केही समयअघि बियरको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेपछि उनलाई कति फ्यानले गाली समेत गरेका थिए ।
पछिल्लो समय उनी एकपछि अर्को गर्दै विज्ञापनमा देखिनु तर फिल्ममा नदेखिनुलाई फ्यानले राम्रो फिल्मको प्रतीक्षामा भएको समेत भन्न थालेका छन् ।
जे होस्, केकीको क्रेजमा भने खासै घटबढ भएको छैन ।
तपाईंको प्रतिक्रिया