काठमाडौं, २० फागुन – गायिका निता थापा मगरको नयाँ गीत बाढुल्की लाग्छ सार्वजनिक भएको छ। शुक्रवार युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा अहिलेका ब्यस्त अनि चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ भने डिपी खनालले शब्द दिएका छन्। गीतको एरेन्ज शाहस शाक्यले गरेका छन्।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका नितासँगै अनिल थापा, जीवन भट्टराई र पुजा राना फिचरिङ छन्। उत्सव दहालले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ।
https://www.youtube.com/watch?v=irA9nwUdTLQ&feature=youtu.be
हामीलाई प्राप्त यो समाचार कलाकारिता टिमबाट सम्पादन गरिएको छैन ।
तपाईंको प्रतिक्रिया