काठमाडौं, ७ साउन – नायिका सन्ध्या केसीले राम्रो अभिनय गर्छिन् भन्ने परेको छ । फिल्ममा भन्दा पनि आइटम डान्स गरेर पछिल्लो समय चर्चामा देखिएकी सन्ध्यालाई हालसालै रिलिज भएका केही गीतले साँच्चिकै चर्चामा ल्याए ।
‘चोली तुना’ बोलको गीत र भिडियोले उनलाई केही चर्चा दिलायो । त्यसलगत्तै ‘पण्डित बाजेको लौरी’ फिल्म नै रिलिज भयो। उक्त फिल्मको प्रिमियरमा यदि कसैलाई तारिफ मिल्यो त सन्ध्या केसीलाई मिल्यो ।
फिल्ममा अभिनय गरेका अरुको अभिनय झुर भन्ने होइन । तर, अब्बल अभिनय गरेको भन्दै सन्ध्यालाई धेरैले स्याबासी दिए ।
प्रिमियरपछि सन्ध्याले आँसु नै झारिन् । पूरै भावनात्मक भइन् ।
तर मार्केटमा भने उनको चर्चा छैन । न फिल्म चल्यो, न उनको चर्चा चल्यो । राम्रो अभिनय गरेर पनि उनी चुपचाप गुपचुप हुनुप–यो ।
उनको अभिनयलाई नजिकबाट नियालेका केही फिल्मकर्मीले भन्न थालेका छन् – फिल्ममा त सन्ध्याले राम्रै अभिनय गरेकी हुन्, तर किन उनको अभिनयको कुरै उठेन हँ? कि दर्शकले फिल्म नै हेरेनन् र?
जे जसो भएपनि सन्ध्याले राम्रो अभिनय गरेर जुन चर्चा बटुल्न पर्ने हो, त्यो चर्चा पाइनन् । शायद उनलाई दर्शकले पत्याएनन् । उनले दर्शकको ध्यान भड्काउन पो सकिनन् कि?
कतिले त भन्न थालेका छन्, ‘यो बजारमा चोली तुना चल्ने तर सन्ध्या नचल्ने ।’
तपाईंको प्रतिक्रिया