

मुम्बई – प्रियंका चोपडा आफ्ना ब्यायफ्रेन्ड निक जोनस, भाइ सिद्धार्थ चोपडा र छिमेकी परिणीति चोपडासँग गोवा घुम्न पुगेकी छिन् ।
सोमवार प्रियंकाले परिणीतिलाई झरीमा नाच्दै गरेको एक भिडियो गरेकी थिइन् । अहिले फेरि प्रियंका चोपडाको एक तस्वीर भाइरल भएको छ । जुन तस्वीरमा निक, प्रियंका र परिणीति लन्च गर्दै गरेका छन् ।
अहिले भारतमा के कुरा हुन थालेको छ भने प्रियंका र निकको छिटै बिहे हुन सक्छ । निक र प्रियंका बिहीवार भारत आएका थिए । त्यसपछि उनीहरु प्रियंकाकी आमा मधु चोपडासँग पनि लन्च गएका थिए ।
केही दिन पहिले निक जोनसले पनि इन्स्टाग्राममा एक तस्वीर सार्वजनिक गरेका थिए । पछिल्लो समय यी दुवै प्रायः सँगै देखिन थालेका छन् ।
निक अमेरिकी गायक हुन् र उनी अहिले २५ वर्षका भएका छन् । यता प्रियंका भने ३५ वर्षकी भइसकेकी छिन् । निक प्रियंकाभन्दा दश वर्ष कान्छा छन् ।
तपाईंको प्रतिक्रिया