

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा एकपछि अर्को गर्दै हलिउड फिल्ममा देखिन थालेपछि सबैलाई के लाग्न थालेको छ भने अब उनी कमै बलिउडका चलचित्रमा अभिनय गर्दैछिन् । तर, अब केही दिनमा नै चलचित्र ‘क्वाँटिको ३’ पछि अब उनी बलिउड चलचित्रमा अभिनय गर्न लागेकी छिन् ।
भारतीय मिडियाका अनुसार उनी आफ्नो एक फिल्मको सिक्वेलमा देखिने भएकी हुन् । सन् २००४ मा अब्बास–मस्तानले प्रियंका चोपडा, अक्षय कुमार, करीना कपूरका साथमा फिल्म ‘ऐतराज’ बनाएका थिए । अब यस रोमान्टिक थ्रीलर फिल्मको सिक्वेल बन्ने भएको छ ।
समाचारका अनुसार फिल्म मेकर सुवास घईले उक्त फिल्मको सिक्वेलका लागि स्किृप्ट तयार पारिरहेका छन् । उनले उक्त फिल्मको स्किृप्ट दुई वर्षदेखि लेखिरहेका छन् । उनले पछिल्लो महिना स्किृप्ट फाइनल गरेपछि कलाकारको तयारीमा लागिरहेका छन् ।
अब पुरानो फिल्म सोनिया रायको भूमिकामा अब प्रियंकालाई लिइने हल्ला बलिउडमा चलिरहेको छ । यसका लागि दुवैले भेट पनि गरेका छन् र फिल्मका बारेमा चर्चा पनि गरेको बताइएको छ ।
चलचित्र नयाँ शीर्षकसहित हुनेछ । सुवास घईले पहिले पनि यही फिल्मका लागि प्रियंकालाई भेटिसकेका छन् । फिल्म चाँडै नै शूटिङ हुँदैछ ।
तपाईंको प्रतिक्रिया