‘मंगलम’ ले पुष्पको वृत्तिलाई कति राहत देला? − Kalakarita
‘मंगलम’ ले पुष्पको वृत्तिलाई कति राहत देला?

सोमबार, फागुन २८, २०७४, १० : ४४कलाकारिता

काठमाडौं, २८ फागुन – अभिनेता पुष्प खड्काले दुई चलचित्र ‘अझै पनि’ र ‘दर्पण छायाँ’ मा अभिनय गरे । फिल्म ‘अझै पनि’ मा पनि उनी सहायक पात्रको भूमिकामा थिए । तर चलचित्र ‘दर्पण छायाँ २’ मा उनी केन्द्रीय पात्रको भूमिकामा देखिए ।

तर चलचित्र तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दर्पण छायाँ २’ ले खासै सफलता पाउन सकेन । फिल्ममा पुष्पको अभिनयको पनि खासै नोटिस भएन । किनकि, फिल्ममा उनले औसत अभिनय गरेका थिए । अभिनयमा कुनै दम थिएन । तर, फिल्म रिलिज नहुँदै पुष्पलले चलचित्र ‘मंगलम’ मा अभिनय गरेका थिए ।

चलचित्र ढिलो गरी बल्ल तल्ल रिलिज भयो । ‘दर्पण छायाँ २’ मा अभिनयको सफलता पाउन नसकेका अभिनेता पुष्पले भने चलचित्र ‘मंगलम’ मा राम्रो अभिनय गरेको भन्दै दर्शकले पुष्पको अभिनयको तारिफ गरे । उनको अभिनयले कति दर्शकले त आफू रोएको समेत बताए ।

चलचित्रमा एक बिरामी श्रीमानको भूमिका निभाएका पुष्पले चलचित्र ‘मंगलम’ बाट भने आफूले अभिनय गर्न सक्ने प्रशस्तै सम्भावना देखाएका छन् । उनले गरेको अभिनय दर्शकका लागि नोटिसेबल छ ।

‘दर्पण छायाँ २’ बाट नोटिस नभएका पुष्प अब भने दर्शकको रोजाइमा पर्ने सम्भावना छ । त्यसो त जम्मा दुई चलचित्रमा मात्र अभिनय गरेका पुष्पललाई अहिल्यै त मूल्यांकन गर्न नमिल्ला तर उनले ‘मंगलम’ बाट आफ्नो वृत्तिको राम्रो सम्भावना भने देखाएका छन् ।

पछिल्लोपल्ट शनिबार, चैत्र ३, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया