प्रमोद खरेलले शिल्पालाई भने, ‘छोडी जानु रैछ’ − Kalakarita
प्रमोद खरेलले शिल्पालाई भने, ‘छोडी जानु रैछ’

सोमबार, फागुन २८, २०७४, ११ : ४४कलाकारिता

काठमाडौं, २८ फागुन – सुगम संगीत गायक प्रमोद खरेलले नयाँ गीत बजारमा ल्याएका छन् । ‘छोडी जानु रैछ’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा प्रमोद खरेलको स्वर छ । त्यस्तै गीतका शब्द टलक थापा थकितले लेखका हुन् भने संगीत सन्तोष केसीको रहेको छ ।

गीतमा नायिका शिल्पा पोखरेल, रोहिम थापा र सफल मगरले फिचरिङ गरेका छन् । त्यस्तै गीतको भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने क्रान्ति केसीको निर्देशन तथा सम्पादन छ ।


तपाईंको प्रतिक्रिया