आयो ‘सन्जु’ को ट्रेलर (भिडियो) − Kalakarita
आयो ‘सन्जु’ को ट्रेलर (भिडियो)

बुधबार, जेठ १६, २०७५, ०४ : ४४कलाकारिता

काठमाडौं, १६ जेठ – बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमाथि बनेको चलचित्र ‘सन्जु’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा सञ्जय दत्तको भूमिकामा रणवीर कपूरले सञ्जयको भूमिका निभाएका छन् ।

फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । भारतमा उनलाई सबैभन्दा लोकप्रिय अभिनेताका रुपमा पनि हेर्ने गरिन्छ । यो फिल्ममा परेश रावल सञ्जयका बुबाका भूमिकामा छन् । त्यसतै बोमन इरानी, अनुष्का शर्मा, सोनम कपूर, दीया मिर्जा लगायतका कलाकार पनि फिल्ममा छन् ।

ट्रेलरमा जीवनीको झलक देखाइएको छ । जुन रोमाञ्चक देखिन्छ । वास्तविक जीवनमा पनि सञ्जयले ३ सय ५० भन्दा बढी युवतीसँग उनले रात बिताएको भनिएको छ ।

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा रणवीर कपूरले आफूलाई युवा सञ्जयको भूमिका निभाउन गाह्रो भएको बताएका थिए ।

 


तपाईंको प्रतिक्रिया