वर्षा भन्छिन् – मिलन सरसँगको भेट ‘टर्निङ प्वाइन्ट’

शुक्रबार, जेठ १०, २०७६, १० : ४४कलाकारिता

काठमाडौं – नायिका वर्षा शिवाकोटी अभिनित फिल्म ‘वीर विक्रम २’ नेपालका केही सिनेमा घरमा दोस्रो हप्तामा चलिरहेको छ । फिल्ममा पल शाह, नाजिर हुसेन, बुद्धि तामाङ र वर्षा शिवाकोटीको शीर्ष भूमिका छ ।

यो फिल्मबाट नायिका वर्षा शिवाकोटीले अभिनय राम्रो गरेको भन्दै तारिफ बटुलिन् । तर फिल्म नै नचलेपछि पाउनुपर्ने जति राहत कहाँ मिल्थ्यो र !

यसैबीच वर्षाले सामाजिक सञ्जाल फेसबूकमा ‘वीर विक्रम २’ का निर्देशक वर्षा शिवाकोटीको तारिफ गर्दै एक लामो स्टाटस लेखेकी छिन् । उनले मिलन चाम्ससँग भेटिनुलाई ‘टर्निङ प्वाइन्ट’ का रुपमा व्याख्या गरेकी छिन् ।

‘सिकारु कलाकारको रुपमा पाइला चाल्दै गर्दा भेटिनुभएका आदरणीय मिलन सरसँगको भेट नै मेरो लागि टर्निङ प्वाइन्ट बनेको अनुभूति गरेकी छु, केही पाएँ भन्ने महसूस हुन थालेको छ, ‘म’ बन्ने बाटो खुलेको अनुभूति गरेकी छु,’ वर्षाको भनाइ छ ।

मिलन चाम्स फिल्मको फ्याक्ट्री भएको सुनेको र सहकार्य गर्नु अगाडि राम्रो र नराम्रो दुवै कुरा सुने पनि चाम्सलाई भेटेपछि यो आजसम्म भेटेका सबै कुरा निरर्थक लागेको पनि वर्षाले लेखकी छिन् । उनले भनेकी छिन्, ‘उहाँ फिल्मको लागि मात्र होइन, सिर्जनशीलता, लगतशीलता, व्यावसायिकता र मानवीयताका फ्याक्ट्री पनि हुनुहुँदो रहेछ, फिल्ममा मुख्य पात्रका रुपमा छानिनु र मिलन सरसँग सहकार्य गर्न पाउनु मेरो भाग्य हो ।’

साथै उनले मिलन चाम्ससँग फेरि पनि सहकार्य गर्न चाहेको बताएकी छिन् । बेलाबेलामा फिल्म क्षेत्रमा मिलन चाम्स र वर्षा शिवाकोटीलाई जोडिएर विभिन्न गसिप बन्ने गर्छन् । गसिप जे बने पनि यी दुईले ती गसिप हल्ला मात्र भएको खण्डन गर्दै आएका छन् ।

यस्तो छ पूरा स्टाटस:

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।