भारतीय गायिकाको नेपाली गीत (भिडियो) − Kalakarita
भारतीय गायिकाको नेपाली गीत (भिडियो)

सोमबार, भाद्र १८, २०७५, ०७ : ४५कलाकारिता

काठमाडौं, १८ भदौ – भारतीय गायिका संजिवनीकाे सुन्दर अावाजमा नयाँ नेपाली गीत सार्वजनिक भएकाे छ ।

‘मेराे माया’ बाेलकाे उक्त गीतकाे म्युजिक भिडियाे युटुबमार्फत सार्वजनिक भएकाे हाे । नेपाली सांगीतिक कार्यक्रममा नेपाल अाइरहने संजिवनीले नेपाली गीत स‌ंगीतलाई पनि उतीकै माया गर्ने गरेकी छिन् ।

निकै सुन्दर स्वरमा सजिएकाे उक्त गीतकाे म्युजिक भिडियाेमा माेडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्याैपानेकाे सुन्दर अभिनय रहेकाे छ ।

सबी अधिकारीकाे रचना रहेकाे गीतमा सुर्य काश्यबकाे संगीत रहेकाे छ । प्रेम लामाकाे टीमले खिचेकाे भिडियाेकाे निर्देशन सुवास प्रधानले गरेका छन् ।

भिडियाेमा रंग संयाेजन र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।  साहस शाक्यले एरेन्ज गरेकाे गीतकाे म्युजिक भिडियाेकाे मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् ।

(इमेलमा प्राप्त)


तपाईंको प्रतिक्रिया