‘रेस ३’ सोचेजस्तो नचलेपछि सलमान खान भड्किए − Kalakarita
‘रेस ३’ सोचेजस्तो नचलेपछि सलमान खान भड्किए

शनिबार, असार ९, २०७५, ११ : ४५कलाकारिता

मुम्बई – सलमान खानको स्टार पावर ठूलै छ । त्यही कारणले गर्दा उनको फिल्म चल्ने गर्छ । उनका फिल्मले सजिलै ३ सय करोडसम्म कमाउँछन् । तर सलमानको ‘रेस ३’ ले २ सय करोड पनि छुन सकेन ।

फिल्मसँग भलै सलमान खानले कम पैसा नै लिएका होउन्, तर पैसाभन्दा ठूलो कुरा उनका लागि प्रतिष्ठा भएको छ । अहिले त दर्शकले पनि के भन्न लागिरहेका छन् भने रणवीर सिंहको फिल्मले त २ सय करोड कमाउँछ भने सलमान खानको फिल्मले ३ सय करोड त कमाउनै पर्छ ।

फिल्मको कमजोर प्रदर्शन हुनुको कारण धेरैले रेमो डिसुजालाई नै आरोप लगाइरहेका छन् । फिल्म देखेर यस्तो लाग्छ कि, फिल्मको साठी प्रतिशत छायांकन एक्सन डायरेक्टरले गरिदिए, बाँकी बीस प्रतिशत नाचगान कोरियाग्राफरले गराइदिए । यही टुक्रालाई जोडेर निर्देशकले फिल्म तयार पारे । बीस प्रतिशत त सलमान खानको नामले पनि फिल्म चलेको छ ।

सूत्रका अनुसार अहिलेसम्म जति पनि गाली आइरहेका छन्, तीमध्ये धेरै गाली निर्देशक डिसुजालाई नै आएका छन् । भारतीय मिडियाले फिल्म नचल्दा सलमान खान भड्किएको लेखेका छन् ।

आगामी फिल्ममा निर्देशकमा रुपमा रेमो डिसुजा दोहोरिन नसक्ने पनि समाचार आइरहेका छन् । यो फिल्मले समीक्षात्मक रुपमा नराम्रो प्रतिक्रिया पायो तर फिल्मले बक्स अफिसमा रेकर्ड तोड्ने व्यापार गरेको छ । तर पनि जति कमाउनुपर्ने थियो, त्यति कमाउन सकिरहेको छैन ।


तपाईंको प्रतिक्रिया