दश वर्षपछि सलमान र प्रियंकाको रोमान्स? − Kalakarita
दश वर्षपछि सलमान र प्रियंकाको रोमान्स?

मंगलबार, चैत्र ६, २०७४, १२ : ४५कलाकारिता

काठमाडौं, ६ चैत – बलिउड अभिनेता सलमान खान र प्रियंका चोपडाले एकसाथ एउटा फिल्ममा कामा गर्ने चर्चा यतिबेला बलिउडमा छाएको छ । यदि यी दुईले एकसाथ अभिनय गरे भने यो जोडी दश वर्षपछि बल्ल एकसाथ फिल्ममा देखिने जोडी हुनेछ ।

चर्चा अनुसार प्रियंका चोपडा आगामी प्रोजेक्टमा सलमान खानसँग देखिनेछिन् ।

प्रियंकाको आउँदो बलिउड फिल्मलाई लिएर पछिल्लो समय बलिउडमा थुप्रै अड्कलवाजी भइरहेका छन् । सलमान र प्रियंका यसअघि सन् २००४ मा फिल्म ‘मुझ्से शादी करोगी’ मा देखिएका थिए । त्यस्तै सलाम ए इश्क र गड तुम्सी ग्रेट हो पनि सँगै देखिएका थिए ।

सलमानको अब आउने फिल्म भारतका चर्चित निर्देशक अली अब्बास जफरले निर्देशन गर्नेछन् । यी निर्देशकले सलमानको सुल्तान र टाइगर जिन्दा है निर्देशन गरिसकेका छन् ।

फिल्म ‘भरत’ मा प्रियंका र सलमान खानलाई लिने कुरा सत्य भयो भने यो जोडी दश वर्षपछि एकसाथ देखिनेछ ।

तर वास्तविकताका लागि केही समय कुर्नुपर्ने देखिएको छ ।


तपाईंको प्रतिक्रिया