सकियो रेखाको ‘मालिका’ को छायांकन, कति दिन लाग्यो? − Kalakarita
सकियो रेखाको ‘मालिका’ को छायांकन, कति दिन लाग्यो?

बिहीबार, जेठ २४, २०७५, ०८ : ४५कलाकारिता

काठमाडौं, २४ जेठ – कलाकार रेखा थापाले अभिनय र निर्देशन गरेको फिल्म ‘मालिका’ को छायांकन सकिएको छ । रेखाले सोमवार फिल्म शूटिङ सकिएको बताइन् ।

रेखा आफैले निर्माण समेत गर्न लागेको यो फिल्म बाल विवाहको कथामा आधारित छ । फिल्ममा जाजरकोटकी कमला ओलीको मुख्य भूमिका रहेको बताइएको छ । फिल्मलाई जाजरकोटसहित काठमाडौं, बनपा, बाँके लगायतका स्थानमा छायांकन गरिएको जानकारी गराइएको छ ।

युनिटले फिल्मलाई २९ दिनमा छायांकन गरेर सकाएको हो ।

नरबहादुर कार्की समेत निर्माता रहेको यो फिल्मको कथा उनके हो भने शिवम अधिकारीले स्किृप्ट लेखेका हुन् । त्यस्तै फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका छन् भने रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

सुरेश अधिकारीको संगीत र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्म आउँदो तिहारको छेको पारेर रिलिज गरिने हल्ला छ ।


तपाईंको प्रतिक्रिया