अक्षय र ऋतिकको फेरि होला टक्कर? − Kalakarita
अक्षय र ऋतिकको फेरि होला टक्कर?

शुक्रबार, माघ २६, २०७४, ०२ : ४५कलाकारिता

मुम्बई – रुस्तम र मोहनजोद्डो लाई लिएर बलिउडमा अक्षय कुमार र ऋतिक रोशन बक्स अफिसमा एक आपसमा जुधेका थिए । अब फेरि पनि अक्षय कुमार र ऋतिक रोशनबीच फेरि फिल्म जुध्ने देखिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार रजनीकान्तक र अक्षयकुु्मारको चलचित्र २.० एकपटक फेरि रिलिज मिति सर्ने हल्ला आएको छ । समाचारका अनुसार अप्रैल त त्यस्तै हो यो फिल्म २०१८ मा पनि रिलिज नहुने छाँट देखिएको छ ।

खासमा फिल्ममा अझै पनि धेरै भिएफएक्सको काम बाँकी छ । त्यसैले पनि यो फिल्मलाई अझै धेरै समय लाग्नेछ ।

यो फिल्म २०१७ को दिवालीमा आउने भनिएको थियो । तर यसको मिति सर्दा सर्दा २०१८ मा आइपुगेको छ । अब यो फिल्म २०१९ मा रिलिज हुने खबर आएको छ ।

सन् २०१९ को जनवरी २५ मा ऋतिक रोशनको ‘सुपर ३०’ रिलिज हुँदैछ । अब अक्षयको फिल्म ‘२.०’ पनि जनवरीमा आउँदैछ । भारतीयमा मिडियाले भनेका छन्, यो मितिमा फेरि एकपटक ऋतिक र अक्षयको बक्स अफिसमा फिल्म जुध्नेछन् ।


तपाईंको प्रतिक्रिया