कमेडी फिल्म ‘कुम्भ करण’ को ट्रेलर रिलिज (भिडियो) − Kalakarita
कमेडी फिल्म ‘कुम्भ करण’ को ट्रेलर रिलिज (भिडियो)

आइतबार, जेठ ६, २०७५, १० : ४६कलाकारिता

काठमाडौं, ६ जेठ – चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक भएको छ । डार्क कमेडी र सस्पेन्सको फ्युजनमा तयार पारिएको फिल्मको ट्रेलर काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

फिल्मका विद्यार्थी दीपक ओलीले निर्देशन गरेको फिल्ममा मसालेदार र रमाइलो बनाउन खोजिएको छ । चलचित्रमा अभय बराल, भोलानाथ सापकोटा र गौरव पहारीको मुख्य भूमिका रहेको छ भने नायिका निशा अधिकारीको पनि अभिनय रहेको छ । चलचित्रमा महेश दवाडीको कथा, संवाद र स्क्रिनप्ले छ ।

प्यूठान र काठमाडौंमा छायांकन गरिएको यो फिल्मलाई हरि घले लामाले छायांकनको जिम्मा लिएका छन् । त्यस्तै फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने फाइनल सम्पादन मित्र डी. गुरुङले गरेका हुन् ।

फिल्मको लाइन प्रड्युसरमा सरिता गिरी जोडिएकी छिन् । साथै चलचित्रमा प्रमोद अग्रहरी, कमल गाउँले, प्रतिभा क्षेत्री लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

फिल्म असार २२ गतेदेखि रिलिज हुँदैछ ।

https://www.youtube.com/watch?v=js1TwNzhp1w


तपाईंको प्रतिक्रिया