मुम्बई – बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ साथै आमिर खानको अर्को बिग प्रोजेक्ट ‘महाभारत’ को पनि चर्चा चल्न थालेको छ बलिउडमा । फिल्मलाई लिएर धेरै नै चर्चा आउन थालेका छन् । भारतीय समाचारलाई आधार मान्ने हो भने एक हजार करोडमा बन्ने फिल्म ‘महाभारत’ मा इमरान खान पनि जोडिने भएका छन् । कतिपयले यसलाई इमरान खानको बलिउड कमब्याकका रुपमा हेरेका छन् ।
आमिर खानको फिल्ममा उनका भान्जा इमरान खान पनि आउन सक्ने सम्भावना देखाउँदै भारतीय मिडियाले समाचार लेखेका छन् । तर अहिलेसम्म उनलाई कस्तो रोल दिने भन्नेमा कुनै पनि कुरा बाहिर आएको छैन ।
फिल्ममा आमिर खान अर्जुनको भूमिकामा देखिने भएका छन् । समाचारका अनुसार फिल्मको प्री-पोडक्सनमा अहिले काम शुरु भइसकेको छ । आमिर खानको महाभारत पाँच भागमा बन्नेछ । यसको फ्रेन्चाइज दश वर्षसम्म लाग्नेछ ।
यही फिल्मका कारण आमिर खानले अन्य कुनै फिल्म साइन पनि नगरेको बताइएको छ । ‘महाभारत’ निर्माणका लागि एक टीम पुस्तकालयमा महाभारतमा आधारित पुस्तकहरु पढिरहेको बताइएको छ ।
यो प्रोजेक्टलाई भारतकै सबैभन्दा महंगो प्रोजेक्टका रुपमा हेरिएको छ ।
तपाईंको प्रतिक्रिया