दुई करोड लगानीमा बन्ने भयो ‘रणवीर’ − Kalakarita
दुई करोड लगानीमा बन्ने भयो ‘रणवीर’

सोमबार, फागुन ७, २०७४, ११ : ४६कलाकारिता

काठमाडौं, ७ फागुन – चलचित्र ‘ऐश्वर्य’ मा खलनायकका रुपमा देखिएका अभिनेता प्रशान्त ताम्राकारलाई लिएर चलचित्र ‘रणवीर’ बन्ने भएको छ । एक्सन, कमेडी र रोमान्स जानरामा निर्माण हुने चलचित्रको आइतवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी औपचारिक घोषणा गरियो ।

दुई करोडको लगानीमा निर्माण हुने भनिएको चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्ने भएका हुन् । कथा पनि उनैले लेखेका हुन् । चलचित्रमा सुशील सिटौला, सुभेच्छा खड्का, सुपुष्पा भट्ट, हरिहर शर्मा, टीका भपहारी, रवि गिरी लगायतका कलाकारले चलचित्रमा अभिनय गर्दैछन् ।

काठमाडौं, धनगढी, महेन्द्रनगर, डढेलधुरा लगायतका स्थानमा छायांकन हुने चलचित्र फागुन ७ गतेदेखि फ्लोरमा जानेछ ।

शीर्ष पात्रका रुपमा अभिनेता सुशील सिटौलाले रणवीरको भूमिका निभाउने छन् भने चलचित्र उनकै वरिपरि घुम्नेछ । एक सोझो र मेहनती युवाको कथामा चलचित्र निर्माण हुने भएको हो । चलचित्रमा गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीको लगानी रहनेछ ।


तपाईंको प्रतिक्रिया