छोरी सुहानीले अभिनय गर्न सक्छिन्: झरना थापा − Kalakarita
छोरी सुहानीले अभिनय गर्न सक्छिन्: झरना थापा

आइतबार, जेठ १३, २०७५, ०४ : ४६कलाकारिता

काठमाडौं, १३ जेठ – निर्देशक झरना थापाले चलचित्र ‘ए मेरो हजुर २’ निर्देशन गरेको झण्डै एक वर्षपछि दोस्रो यही नामको ब्रान्डिङको आडमा नयाँ चलचित्र निर्माण गर्ने भएकी छिन् । उक्त चलचित्रमा हुनेछन् अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहानी थापा ।

कलाकार बाहेक अरु प्रायः ‘ए मेरो हजुर २’ को टिमले नै निर्माण गर्न लागेको यो फिल्ममा झण्डै दुई करोडको हाराहारीमा निर्माण हुने निर्देशक समेत रहेकी झरना थापाले बताइन् ।

कलाकारितासँगको छोटो कुराकानीमा उनले छोरी सुहानी पढाइका हिसाबले व्यवस्थापनको विद्यार्थी भएपनि उनको रुचि अभिनयमा समेत भएकाले छोरीले अभिनय गर्न सक्ने बताइन् ।

‘छोरी सुहानीले अभिनय गर्न सक्छिन्, हुन त उनका लागि यो फिल्म डेब्यु फिल्म हो तर मेरो रगतकै कारणले पनि उनले अभिनय गर्न सक्छिन् भन्नेमा विश्वस्त छु,’ झरनाले भनिन्, ‘हाम्रो पारिवारिक पृष्ठभूमि नै परिवारसँग जोडिएको छ, त्यसले पनि उनले अभिनय गर्छिन् भन्नेमा शंका छैन ।’

चलचित्रलाई हरिहर अधिकारीले लेख्नेछन् । फिल्मको कथा ‘ए मेरो हजुर २’ कै टिमले लेख्नेछ । साथै झरनाले के पनि बताइन् भने फिल्मका कलाकार नदोहोरिन सक्छन्, कलाकार सकभर नयाँ नै रहन सक्नेछन् ।


तपाईंको प्रतिक्रिया