काठमाडौँ, ३१ वैशाख – ‘फेसियल हाउस’ले समाजका विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा स्थापित व्यक्तिलाई र्याम्पमा उतार्ने भएको छ ।
आगामी जेठ ११ गते काठमाडौँमा आयोजना हुने ‘फेसियल हाउस फेशन टे«ड सिजन २’ मार्फत मोडल मात्र नभई गायक, गायिका, कलाकार, पत्रकार, समलिङ्गीलगायत एकसाथ र्याम्पमा हिँड्ने भएका हुन् ।
आयोजक फेसियल हाउसका प्रबन्धक निर्देशक सुष्मा महरा शाहले नेपालमा फेसन शो भन्नेबित्तिकै पहिरनलाई मात्र प्राथमिकतामा राख्ने गरिएको भन्दै यसपटक शृङ्गार, हेयर स्टाइल र समय सुहाउँदो पहिरनलाई विशेष महत्वका साथ प्रस्तुत गरिने बताइन् ।
उनले भनिन्, “पहिलो पटक पोखरामा गर्दा तीन महिनासम्म चलेको थियो, यसपाली हामी नयाँ सोच र फरक कार्यशैलीबाट काम गर्दैछौँ, सबैले फरक अनुभव गर्नसक्नेछन् ।”
समय सान्दर्भिक डिजाइन, मेकअप र भविष्यमा चल्ने फेसनलाई फेशन टे«डमार्फत प्रस्तुत गर्दै आएको उल्लेख गर्दै फेसियल हाउसका अध्यक्ष उज्वलजंग शाहले सुहाउँदो हेयर स्टाइल, छालाको निरन्तर देखभाल र सुहाउँदो मेकअपबाट जो कोही पनि सुन्दर र स्मार्ट देखिन सक्छ भन्ने मान्यतालाई शो ले पुष्टि गर्ने दाबी समेत गरिन् ।
शो मा मौसमअनुसारका पहिरन, नयाँ फेशन ट्रेन्ड र डिजाइनरका कला प्रस्तुत गर्नु मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । अभिनेत्री करिश्मा मानन्धर, कलाकार सविन श्रेष्ठ, क्षितिजा शाक्य, दिक्पाल कार्की, आमेश भण्डारी, एसराज गराच, सुनिता गौतम, पूर्वमिस नेपाल उषा खड्गी र सुगारिका केसी ¥याम्पमा उत्रने बताइएको छ । नेपालको कुनै पनि फेशन शोमा ¥याम्पमा पत्रकार उर्तान लागिएको पहिलो पटक हो ।
(राससबाट)
तपाईंको प्रतिक्रिया