काठमाडौं, ३ जेठ – चलचित्र ‘हैरान’ भोलि शुक्रवारदेखि रिलिज हुँदैछ । रिलिजको पूर्वसन्ध्यामा फिल्मले कतिको व्यापार गर्ला भन्ने चासो एकातिर हुने नै भयो । अर्कोतिर फिल्मले हल नपाएर हैरान भएको छ ।
चलचित्रले काठमाडौंको मुख्य व्यापारिक हल मानिने क्युएफएक्सका पाँच हलमध्ये जम्मा दुई वटा शो पाएको छ । मल्टिप्लेक्स हलमा सबैमा दुई वा दुईभन्दा बढी शो हुने गर्छन् । काठमाडौंका अन्य हलमा पनि फिल्मले धेरै हल पाएको छैन । फिल्मले हाइप बटुल्न नसकेर फिल्म नपाएको बताइएको छ । त्यस्तै हलिउड फिल्म डेडपुल २ को कारणले पनि हल पाएको छैन ।
चलचित्रलाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन् । सत्यराज आचार्य, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, आरोही शर्मा लगायतका कलाकारले अभिनय गरेको यो फिल्ममा छायांकन निरज कडेंलको, सम्पादन प्रितम पाण्डेको र मुक्ति घले, सृष्टि घिमिरे र डाक्टर वाई एल लामाले निर्माण गरेका हुन् ।
तपाईंको प्रतिक्रिया