‘रेस ३’ लाई सुपरहिट भन्दै ‘रेस ४’ को तयारी, फेरि देखिएलान् सलमान खान? − Kalakarita
‘रेस ३’ लाई सुपरहिट भन्दै ‘रेस ४’ को तयारी, फेरि देखिएलान् सलमान खान?

आइतबार, भाद्र २४, २०७५, ०९ : ४७कलाकारिता

मुम्बई – सलमान खानको चर्चा बलिउडमा पछिल्लो समय यति छ कि, चर्चाको हिसाबले उनी नम्बर एक अभिनेता हुन् भन्दा फरक पर्दैन । तर भारतमा खान फ्यामिलीलाई एकसाथ हेर्ने गरिन्छ ।

कहिले टिभी शो, कहिले फिल्म गरेर सलमान निकै चर्चामा छन् । उनको फिल्म ‘रेस ३’ ले गाली पायो । कहानीमा चुकेको भन्दै धेरैले गाली गरे तर कमाइका हिसाबले राम्रै कमाएको फिल्ममा पनि गनिन्छ यो फिल्म ।

अहिले उनी फिल्म ‘भारत’ मा व्यस्त छन् ।

रेस सिरिजका दुई भाग निकै हिट भएका थिए भने तेस्रो सिरिज खासै चलेन । रेस एक र दुई अब्बास–मस्तानले निर्देशकले गरेका थिए । अब ‘रेस ४’ को काम पनि शुरु भएको भारतीय मिडियाले लेखेका छन् । यो फिल्मको निर्देशकको भूमिका अब्बास–मस्तानलाई नै दिने फिल्म युनिटको चाहना छ ।

रेस ३ खासै हिट फिल्म थिएन । तर फिल्मका टिममध्येका एकले सुपरहिट भएको भन्दै अर्को भागको तयारीमा लागेको बताए । यो फिल्ममा पनि सलमान खान हुने सम्भावना प्रबल छ ।

चलचित्रको औपचारिक घोषणा या जानकारी भने दिइएको छैन । यसको अर्थ चौथो भागमा सलमान खान नै हुनेछन् भन्नेमा चाहिँ अझै पक्का छैन ।


तपाईंको प्रतिक्रिया