‘रणवीर’ को मोसन पोस्टरमा आक्रामक सुशील र प्रशान्त − Kalakarita
‘रणवीर’ को मोसन पोस्टरमा आक्रामक सुशील र प्रशान्त

बुधबार, असोज २४, २०७५, ०९ : ४७कलाकारिता

काठमाडौं, २४ असोज – चलचित्र ‘रणवीर’ को मोसन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको झण्डै ५८ सेकेन्ड लामो मोसनमा प्रशान्त ताम्राकार र सुशील सिटौलालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।

सुशील सिटौला, सुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई लगायतका कलाकारले अभिनय गरेको यो फिल्ममा संगीत हर्कुलस बस्नेत, अमित श्रेष्ठ र सुशान्त गौतमको रहेको छ ।

गोविन्द सिंह भण्डारीको कथा, निर्देशन, संवाद र स्किृप्ट रहेको फिल्ममा गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यस्तै फिल्ममा कृष्ण भण्डारीको सम्पादन रहेको छ भने विक्रम भण्डारीले भीएफएक्स गरेका छन् ।


तपाईंको प्रतिक्रिया