काठमाडौं – दशैँमा प्रदर्शन हुने गरी निर्माण भइरहेको फिल्म ‘रातो टीका निधारमा’ फ्लोरमा उक्लेको छ । शूटिङ स्थलबाट कलाकारले रातो टीका र जमरा लगाएका केही तस्वीर सार्वजनिक भएका छन् । फिल्म युनिटले शुक्रवारबाट छायांकन थालेको हो ।
निर्माण टिमले फिल्मको शीर्ष गीतको छायांकन थालेको हो । गीतको शूटिङका लागि निर्माण टिम यतिबेला झापामा छ । गीतका लागि आकर्षक सेट तयार पारिएको बताइएको छ ।
यो फिल्मबाट निर्देशक अशोक शर्माका छोरा अंकित शर्माले नेपाली फिल्म उद्योगमा डेब्यु गर्दैछन् । फिल्मको उनको जोडी नायिका साम्राज्ञी शाहसँग देखिनेछ । फिल्ममा नीता ढुंगाना, खुश्बु खड्का, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, राजाराम पौडेल, शिवहरि पोडेल लगायतका कलाकारले पनि अभिनय गर्नेछन् ।
फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ भने कथा निर्देशक शर्माकै रहनेछ ।
तपाईंको प्रतिक्रिया