म फ्लप अभिनेता हुँः करण जोहर − Kalakarita
म फ्लप अभिनेता हुँः करण जोहर

शनिबार, वैशाख २२, २०७५, ०८ : ४७कलाकारिता

मुम्बई – करण जोहर निर्देशक–निर्माता मात्र होइनन्, बलिउडमा उनको छवि कलाकारको पनि छ । करणले आफूलाई भने फ्लप एक्टरको सूचीमा राख्छन् ।

भारतीय समाचार माध्यमका अनुसार उनले आफ्ना एक फिल्म पनि नचलेकाले आफूलाई फ्लप एक्टरमा राखेको बताएका छन् । ‘मैले अभिनय गरेका कुनै पनि फिल्म चलेका छैनन्, कसैले मलाई फिल्ममा नलिँदा नै राम्रो हुन्छ, म एक ठूलो फ्लप अभिनेता हुँ ।’, उनले स्वीकारेका छन् ।

उनले दुई फिल्ममा अभिनय गरेका थिए र ती दुवै फिल्म फ्लप भएका थिए । उनले मराठी फिल्म बकेट लिस्टको ट्रेलर लन्च गर्ने मौकामा यस्तो बताएका थिए ।

भारतमा उनको फिल्म प्रोडक्सन हाउसलाई भने ठूलो ब्यानरका रुपमा हेर्ने गरिन्छ । उनले ठूलो लगानीका फिल्म निर्माणमा हात हालेका हुन्छन् भने रियालिटी शो तथा टिभी कार्यक्रमका माध्यमबाट पनि उनले आफूलाई सधै चर्चामा राख्ने गरेका छन् ।


तपाईंको प्रतिक्रिया