किन दूधले नुहाउँछिन् यी अमेरिकन गायिकाले? − Kalakarita
किन दूधले नुहाउँछिन् यी अमेरिकन गायिकाले?

बुधबार, जेठ २३, २०७५, ०९ : ४७कलाकारिता

लस एन्जल्स – गायिका मारिया कैरीले आफूले चिसो दूधले नुहाउने बताएकी छिन् । यसको कारण के भने आफूले दूधले नुहाउँदा युवा देखिन मद्दत पुग्ने बताएकी छिन् ।

उनले द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा भनेकी छिन्, ‘हो, मैले दूधले नुहाउने गर्छु ।’

उनले भनिन्, ‘हो, कैयौंपटक सौन्दर्य ट्रीटमेन्टका लागि मैले दूधको प्रयोग गर्ने गर्छु, मैले आफ्ना सबै रहस्यलाई खुलाउन चाहन्न ।’
साथै आफूले उनले चिसो दूध प्रयोग गर्ने पनि बताइन् । साथै उनलाई सोधियो, ‘मिनरल वाटरले पनि नुहाउनु हुन्छ?’

‘यदि मलाई पानी सफा छैन भन्ने लाग्यो भने शायद मिनरल वाटरको पनि प्रयोग गर्न सक्छु ।’, उनले भनिन् ।


तपाईंको प्रतिक्रिया