जापानमा ‘लिलिबिली’ को प्रिमियर सकियो − Kalakarita
जापानमा ‘लिलिबिली’ को प्रिमियर सकियो

सोमबार, चैत्र १९, २०७४, ०३ : ४७कलाकारिता

काठमाडौं, १९ चैत –  यही चैत ३० गते अल नेपाल रिलिज हुने चलचित्र ‘लिलिबिली’ को जापानमा प्रिमियर भएको छ ।

जापानको टोकियोस्थित नकानो जिरो हलमा सम्पन्न प्रिमियरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाहीसँग बसेर दर्शकले फिल्म हेरे । प्रिमियर हेरेका दर्शकले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए ।

‘लिलिबिली’को दर्शक प्रतिक्रिया र उपस्थित संख्याले उत्साहित भएको आयोजकले फेरि पनि आफू प्रदर्शन गर्न हौसिएको बताएको छ ।

निर्माता गोविन्द शाहीले फिल्म राम्रो भएको दर्शकबाट प्रतिकृया आएको बताए । सबैले फिल्म राम्रो भनेको उनले दाबी गरे ।

मिलन चाम्स निर्देशित सिनेमामा प्रियंका कार्की, अनुपविक्रम शाही र सविन श्रेष्ठ लगायतले अभिनय गरेका छन् । रिलिज मिति नजिकिँदै गर्दा निर्माण पक्षले प्रचारप्रसार तीव्र बनाएको छ । फिल्म सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा हो ।

त्यस्तै गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको फिल्ममा लगानी छ ।

 


तपाईंको प्रतिक्रिया