यस्तो छ श्रीदेवीकी छोरी जान्ह्वीको ‘धडक’ फिल्मको ट्रेलर (भिडियो) − Kalakarita
यस्तो छ श्रीदेवीकी छोरी जान्ह्वीको ‘धडक’ फिल्मको ट्रेलर (भिडियो)

सोमबार, जेठ २८, २०७५, ०१ : ४७कलाकारिता

मुम्बई । चर्चित बलिउड अभिनेत्री स्वर्गीय श्रीदेवीकी छोरी जान्ह्वी कपूरको डेब्यु फिल्म ‘धडक’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा उनको जोडी बनेर ईशान खट्टर आउँदैछन् ।

फिल्म रिलिजअघि नै चर्चामा छ ।

ट्रेलरमा एक जोडीको कथालाई समावेश गरिएको छ । फिल्मको ट्रेलरमा नयाँपन दिइएको छ भने फिल्म पूर्णतः लभस्टोरी छ । ट्रेलरमा जान्ह्वी र इशानलाई सुहाएको छ ।

जान्ह्वीले यो फिल्मका लागि धेरै पहिलेदेखि तयारी गरेकी थिइन् । फिटनेसदेखि डान्ससम्मको तयारी उनले गरेकी थिइन् ।


तपाईंको प्रतिक्रिया