‘पण्डित बाजेको लौरी’को टिजरमा प्रविनको फरक लूक (भिडियो) − Kalakarita
‘पण्डित बाजेको लौरी’को टिजरमा प्रविनको फरक लूक (भिडियो)

बुधबार, जेठ २, २०७५, ०९ : ४८कलाकारिता

काठमाडौं, २ जेठ  – चलचित्र ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ । एउटा सानो गाउँ भित्र पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथामा लाई बुनेर बनाइएको कथालाई  दीपक ओलीले निर्देशन गरेका हुन् ।

फिल्ममा अभिनेता विजय बराल र सन्धा केसी ‘बादी’ जातीको भूमिकामा देखिएका छन् । तल्लो जात र माथिल्लो जातबीचको परिवेश पनि फिल्ममा अटाइएको छ । निर्देशक ओलीका अनुसार सानो जातका रुपमा बादीलाई प्रस्तुत गरिएको  छ भने ठूलो जातमा पण्डितलाई प्रयोग गरिएको छ ।

चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ भने अधृत फिल्मस् प्रालिको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा फिल्ममा लगानी गरेका हुन् ।

‘पण्डित बाजेको लौरी’मा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर गिरीको छायांकन, मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।

चलचित्र साउन ४ मा रिलिज हुँदैछ ।


तपाईंको प्रतिक्रिया