सरुभक्तलाई ‘राष्ट्रिय मुक्तक पुरस्कार’ − Kalakarita
सरुभक्तलाई ‘राष्ट्रिय मुक्तक पुरस्कार’

मंगलबार, जेठ २९, २०७५, ०९ : ४८कलाकारिता

पोखरा, २९ जेठ – मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवम् साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार यस वर्ष संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् साहित्यकार सरुभक्तलाई प्रदान गरिएको छ ।

यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट सरुभक्त पुरस्कृत भएका हुन् । शनिवार मुक्तक मञ्चले आयोजना गरेको एक समारोहमा उनलाई प्रदेश प्रमुख बाबुराम कुवँरले ताम्रपत्र र दोसल्लासहित पुरस्कार हस्तान्तरण गरेका थिए ।

नेपाली साहित्यमा महत्त्वपूर्ण योगदा पु–याएका सरुभक्तले उपन्यास ‘पागलबस्ती’ का लागि मदन पुरस्कार प्राप्त गरेका छन् ।

सरुभक्तले साहित्यमा योगदान गर्नुका साथै पोखरेली मुक्तकको जग बसाल्नेसम्मको कार्य गरेको स्रष्टा छनोट समितिका संयोजक दीपक समीपले बताए ।

साथै सरुभक्तले आफ्नै आँगनमा यसरी सम्मानित हुन पाउँदा गौरवान्वित भएको धारणा राखे ।

यो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापालाई सम्मान गरिएको थियो । पुरुस्कारको राशी २२ हजार २ सय २२ रुपैयाँ रहेको छ ।

तस्वीरः लक्ष्मण थापाको फेसबूकबाट


तपाईंको प्रतिक्रिया