सुश्री सम्पत्तिमा सलोन, सारा र विनोदको यस्तो लूक − Kalakarita
सुश्री सम्पत्तिमा सलोन, सारा र विनोदको यस्तो लूक

बुधबार, साउन २, २०७५, ०५ : ४८कलाकारिता

काठमाडौं, २ साउन – आजभोलि फिल्ममा गीतलाई पनि निकै ध्यान दिन थालिएको छ । गीतले पनि दर्शकलाई हलसम्म तान्न सकिन्छ भन्ने कुरालाई फिल्मकर्मीले बुझिसकेका छन् ।

यसैबीच फिल्म ‘सुश्री सम्पत्ति’ ले छायांकन गरिरहेका केही तस्वीर सार्वजनिक गरेको छ । यतिबेला फिल्मले ‘हुकुम’ बोलको गीतको भिडियो छायांकन गरिरहेको छ ।

फिल्ममा समावेश गीतमा भारदारहरुसँगको नाचलाई रमाइलो तरिकारले प्रस्तुत गरिएको छ । साथै पोशाक पनि त्यही अनुरुप तयार गरिएको छ ।

झन्डै ८० भन्दा बढी कोरस सहित यस गीतमा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपानेलाई फिल्ममा नचाइएको छ ।

गीतलाई गम्भीर विष्टले निर्देशन गरिरहेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको छ । गीतलाई शिवराम श्रेष्ठले छायांकन गरिरहेका छन् । फिल्मका छायाँकार भने अर्जुन तिवारी हुन् ।

रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको यस फिल्मको गीतको पाटन दरबार लगायतको रमणीय दृश्यमा छायाँकन भइरहेको निर्माण टिमले जानकारी गराएको छ ।

फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।


तपाईंको प्रतिक्रिया