प्रदीपले जसितालाई फकाउँदै, इन्जिन गाडीको लोभ देखाउँदै [भिडियो] − Kalakarita
प्रदीपले जसितालाई फकाउँदै, इन्जिन गाडीको लोभ देखाउँदै [भिडियो]

बुधबार, फागुन २, २०७४, ०८ : ४८कलाकारिता

काठमाडौं, २ फागुन – मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘लिली बिली’ को गीत सार्वजनिक गरिएको छ । ‘लहरी लहरी’ बोलको गीतमा प्रदीप कार्की र जसिता गुरुङलाई फिचरिङ गराइएको छ ।

गीतको भिडियोमा जसिता रिसाइरहेकी छिन् । प्रदीपले उनलाई फकाइरहेका छन् । स्वर र संगीत एसडी योगीको छ भने एकतारेले गीत लेखेका हुन् ।

चलचित्रमा गोविन्द शाही र सुदीप बरालको लगानी छ । प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही, मनिष श्रेष्ठ, रितेश चाम्स लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्र यही चैत्र ३० गतेदेखि प्रदर्शन हुँदैछ ।


तपाईंको प्रतिक्रिया