१० तस्वीरमा हेर्नुहोस् बोल्ड एण्ड ब्युटीफुल शिल्पालाई (फोटोफिचर) − Kalakarita
१० तस्वीरमा हेर्नुहोस् बोल्ड एण्ड ब्युटीफुल शिल्पालाई (फोटोफिचर)

बुधबार, वैशाख १२, २०७५, ११ : ४८कलाकारिता

अभिनेत्री शिल्पा पोखरेल कमै फिल्ममा देखिन्छिन् । म्युजिक भिडियोमा भने उनी प्रायः छाएकी हुन्छिन् । केही महिनाअघि उनले अभिनय गरेको चलचित्र ‘मंगलम्’ मा शिल्पाको अभिनयले तारिफ पायो । उनले उक्त चलचित्रमा बुहारीको भूमिका निभाएकी थिइन् । उनको जोडीमा थिए अभिनेता पुष्प खड्का ।

‘मंगलम्’ अभिनेत्री शिल्पा कहिलेकाहीं भने फिल्मका कारणले भन्दा छविराज ओझाका कारणले चर्चामा आउने गर्छिन् । छवि ओझा नाम जोडिएर आइरहने शिल्पा केही दिन पहिले एक कार्यक्रममा भेटिइन् । पर्पल ड्रेसमा उपस्थित भएकी शिल्पा कार्यक्रममा अरु सहकर्मी तथा फिल्मकर्मीसँग कुरा गर्नमा व्यस्त थिइन् । उनको त्यही व्यस्तता र प्राकृतिक १० हाउभाउलाई फोटो पत्रकार आर्यन बिमलीले क्यामरामा कैद गरेका छन् ।


तपाईंको प्रतिक्रिया