कालीप्रसादले ल्याए ‘दाइ नभन्नू ल’ (भिडियो) − Kalakarita
कालीप्रसादले ल्याए ‘दाइ नभन्नू ल’ (भिडियो)

सोमबार, चैत्र १२, २०७४, ०१ : ४८कलाकारिता

काठमाडौं, १२ चैत – चर्चित गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको स्वरमा रहेको नयाँ गीत ‘दाइ नभन्नू ल’ को भिडियो सार्वजनिक भएको छ । यो गीतबाट नयाँ डान्स ग्रुप नेपाली संगीत उद्योगमा भित्रिएको छ ।

यसअघि चलचित्र ‘पुरानो डुङ्गा’ को ‘निर’ गीत कभर गरेर चर्चित भएको र ‘मिस्टर झोले’को गीत ‘ओखती’को कभर भिडियो प्रतियोगितामा प्रथम भएको ‘क्रिष्टल क्लज डान्स क्रू’ले ‘दाइ नभन्नु ल’को भिडियो निर्माण गरेको छ । गीतमा एकतारेको शब्द रहेको छ ।

त्यसमा अनिल शर्माले थप अन्तरा कोरेका छन् भने संगीत सुशान्त गौतमको छ । सो गीतमा मन परेकी युवतीले ‘दाइ’ भनेर सम्बोधन गरेपछि युवकको मनमा उब्जिएको पीडा समेटिएको छ ।

सन्देश जंग राणाको निर्देशन रहेको भिडियोमा सरस्वती श्रेष्ठ र आभाष जोशीले अभिनय गरेका छन् । भिडियोलाई सुरज श्रेष्ठले छायांकन तथा सम्पादन गरेका छन् ।

(इमेलमा प्राप्त यो समाचार कलाकारिता टिमबाट सम्पादन गरिएको छैन ।)

 


तपाईंको प्रतिक्रिया