रहिनन् मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा − Kalakarita
रहिनन् मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा

मंगलबार, चैत्र २०, २०७४, ०८ : ४८कलाकारिता

काठमाडौं, २० चैत – वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी जीवनसाथी यशोदा श्रेष्ठको देहान्त भएको छ । लामो समयदेखि क्यान्सरसँग लड्दै आएकी यशोदाको सोमबार राति १०ः४७ मा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सरबाट ग्रसित थिइन् ।

यशोदालाई उपचारका लागि हरिसिद्धि क्यान्सर अस्पताल लगिएको थियो । पछिल्लो समय क्यान्सर पीडित यशोदाको दुवै खुट्टा नचल्ने भएका थिए ।

मदनकृष्णले पत्नी यशोदासँग अन्तर्जातीय विवाह गरेका थिए ।

 


तपाईंको प्रतिक्रिया