‘गाँजा बाजा’ को ट्रेलर रिलिज, एउटै शब्द ८ पटक रिपिट − Kalakarita
‘गाँजा बाजा’ को ट्रेलर रिलिज, एउटै शब्द ८ पटक रिपिट

शुक्रबार, माघ २६, २०७४, ०६ : ४८कलाकारिता

काठमाडौं, २६ माघ – गणेश देव पाण्डेले निर्देशन गरेको चलचित्र ‘गाँजा बाजा’ को ट्रेलर सार्वजनिक गरिएको छ । लामो समयदेखि कानूनी रुपमा शीर्षक सेन्सरमै अल्झिएको चलचित्रले रिलिज मितिसहित चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

कुलतमा लागेका दुई युवाको कथालाई मुख्य कथा बनाएर चलचित्र निर्माण गरिएको छ । चलचित्रमा अनपुम शर्मा, सुशील सिटौला, गोापल अर्याल, रक्षा श्रेष्ठ, वर्षा शिवाकोटी, रविन थापा, अम्बर सुवेदी, प्रकाश भुजेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक पाण्डेले नै लेखेको कथामा गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले चलचित्र निर्माण गरेका हुन् ।

आउँदो फागुन २५ गतेलाई चलचित्रको रिलिज मिति तय गरिएको छ ।


तपाईंको प्रतिक्रिया