पशुपति शर्माको विवादित गीत पुन अपलोड गर्न लोक दोहोरी प्रतिष्ठानको आग्रह − Kalakarita
पशुपति शर्माको विवादित गीत पुन अपलोड गर्न लोक दोहोरी प्रतिष्ठानको आग्रह

आइतबार, फागुन ५, २०७५, ०८ : ४९कलाकारिता

काठमाडौं, ५ फागुन – राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गरेको छ । प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

गीतबारेमा कलाकारहरूको लामो समय छलफल गरेको थियो । प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थिति रहेको उक्त गीत दर्शकको पनि सुन्न पाउने अधिकार भएको भन्दै प्रतिष्ठानलाई आग्रह गरेको छ ।

पशुपति शर्माले भने केही फोनले आफू आत्तिएको बताएका छन् ।

यस्तो छ प्रतिष्ठानले जारी गरेको विज्ञप्तिः


तपाईंको प्रतिक्रिया