यसरी बदला लिइन् कंगनाले ऋतिकसँग − Kalakarita
यसरी बदला लिइन् कंगनाले ऋतिकसँग

शनिबार, फागुन ५, २०७४, ०९ : ४९कलाकारिता

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावत पछिल्लो केही महिनादेखि केही चर्चामा छिन् । फिल्मका कारण हैन कि, अभिनेता ऋतिक रोशन र आदित्य पन्चोलीसँगको आफ्नो सम्बन्धको बयानलाई लिएर चर्चामा छिन् ।

आदित्य र उनको परिवार त तत्कालै शान्त भए तर ऋतिक रोशनसँग कंगनाको विवाद नै भयो । अन्तमा ऋतिकले कंगनाका विरुद्ध रिपोर्ट नै लेखाए । केही समय यो मामला सेलाएको भने थियो ।

शायद कंगनालाई यो शान्ति राम्रो लागेन । उनले हालै ऋतिकका पूर्व म्यानेजर अञ्जली अथालाई आफ्ना लागि भाडामा लिएकी छिन् । अञ्जली लामो समयदेखि ऋतिककी म्यानेजर थिइन् । तर सात महिना पहिले उनका बीच केही कुरालाई लिएर विवाद भएको थियो । त्यसपछि दुवै अलग भएका थिए ।

यो खबरलाई अञ्जली नै हो भनिसकेकी छिन् । उनले भनेकी छिन्, ‘म साँच्चै कंगनाको साथ काम गर्न जाँदैछु, म खुशी छु कि, कंगनाले मलाई विश्वास गरिन् ।’

अब कंगनालाई यो भन्दा राम्रो मौका के हुन सक्थ्यो, बदला हो या अरु कुनै । तर, फेरि एकपटक दर्शकमाझ ऋतिक र कंगनाको विवाद चर्चामा आएको छ ।


तपाईंको प्रतिक्रिया