काठमाडौं, २६ जेठ – थिएटर भिलेज र थेम्स इन्टरनेशनल कलेजको सहकार्यमा मण्डला थिएटरको सहकार्यमा नाटक ‘झिमिक झिमिक झ्याप्प’ मञ्चन हुने भएको छ । यही जेठ २९ गतेबाट मञ्चन हुन लागेको यो नाटक बेलायती नाटककार पिटर स्याफरको नाटक ‘ब्ल्याक कमेडी’ माथि आधारित छ ।
असार ३ गतेसम्म नियमित रुपमा मञ्चन हुने नाटक ‘झिमिक झिमिक झ्याप्प’ लाई दिलिप रानाभाटले निर्देशन गर्दैछन् ।
‘एउटा युवा कलाकारले साथीको कोठाबाट साथीका दुर्लभ र महँगा समाग्री चोरेर ल्याउँछ। उसको घरमा एक्कासी बत्ती जान्छ। त्यसपछि नाटकमा जे जति रोमान्चक घटना घट्छन्,ती सबै अँध्यारोमै घट्छन् ।’ नाटक टिम बताउँछ ।
नाटकमा आयुष्ना गिरी, एच के अधिकारी, प्रशंसा पौडेल, सन्देश मोटे शाक्य, आयुष्मान प्याकुरेल, विपिन रिमा, श्रवण कुमार राना, प्रस्तुति भट्टराई लगायतका कलाकार नाटकमा अभिनय गर्नेछन् ।
यो नाटकलाई दिलिप रानाभाट र आलोक लम्सालले अङ्ग्रेजीमा अनुवाद गरेका हुन् ।
तपाईंको प्रतिक्रिया