महेश बाबुको फिल्मले दुई दिनमा १ सय करोड कमाएर राख्यो रेकर्ड − Kalakarita
महेश बाबुको फिल्मले दुई दिनमा १ सय करोड कमाएर राख्यो रेकर्ड

आइतबार, वैशाख ९, २०७५, ०८ : ५०कलाकारिता

मुम्बई – दक्षिण भारतीय सुपरस्टार महेश बाबुको फिल्मको क्रेज भारतमा मात्र छैन । नेपालमा पनि छन् । पछिल्लो युवापुस्ताका चर्चित अभिनेता हुन् महेश बाबु । यस वर्षको उनको नयाँ फिल्म ‘भारत अने नेनु’ ले सबैभन्दा छिटो एक सय करोड कमाउने फिल्म बनेर रेकर्ड राखेको छ ।

भारतीय समाचार माध्यमले जनाएअनुसार फिल्मले दुई दिनमा १ सय करोड कमाएर रेकर्ड नै राखेको हो । यो फिल्मले धमाकेदार व्यापार गरेको बताइएको छ । टलिउडका फिल्ममध्ये धमाकेदार व्यापार गरेको फिल्ममा यसलाई लिएको बताइएको छ । फिल्मको बिजनेस आक्रामक र हाउसफूल भएको बताइएको छ । बाहुबलीको फ्रेन्चराइज बाहेक यति धेरै कमाउने टलिउडको यो फिल्मले अमेरिकामा पनि २० लाख डलरको व्यापार गरेको बताइएको छ ।

यही आँकलनलाई हेर्दा फिल्म दक्षिण भारतीय फिल्ममध्येकै ब्लकबस्टर फिल्म बन्ने सम्भावना समेत भएको कतिपयले आँकलन गरेका छन् ।


तपाईंको प्रतिक्रिया