नेपाल आइडल टिमले भित्र्यायो अर्को रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ − Kalakarita
नेपाल आइडल टिमले भित्र्यायो अर्को रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’

मंगलबार, चैत्र ६, २०७४, १० : ५०कलाकारिता

काठमाडौं, ६ चैत – विश्वको नम्बर एक गायन रियालिटी शो ‘द भ्वाइस’ को नेपाली  फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ हुने भएको छ । आइतवार राजधानीमा एक व्यापक कार्यक्रमको आयोजना गरी उक्त कुराको जानकारी दिइयो ।

उक्त रियालिटी शो आउँदो असारबाट प्रसारण हुनेछ । उक्त शोलाई पनि नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेलले निर्देशन गर्ने भएका छन् । शो को होस्ट सुशील नेपालले गर्नेछन् । निर्णायकमा दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल रहनेछन् ।

‘द भ्वाइस अफ नेपाल’को विजेतालाई ‘भ्वाइस अफ नेशन’ घोषणा गरिनेछ । साथै विजेताले पच्चीस लाख नगद, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व भ्रमणको मौका समेत पाउनेछन्  ।

इतिहासमा नै पहिलो पटक उक्त नेपाली शो अन्तर्राष्ट्रिय प्लाटफर्ममा समेत जाने आयोजकले बताएको छ । केही शोहरु ‘द भ्वाइस ग्लोबल’ नामक भिडियो च्यानलमा प्रशारण हुनेछ बताइएको छ । उक्त च्यानलमा  संसारभरका प्रतिभालाई राखिएको छ ।

पछिल्लोपल्ट बिहीबार, चैत्र ८, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया