हिरोले यति लिन्छ भन्ने सुनिन्छ, तर हिरो त कथा होः निर्माता ओझा − Kalakarita
हिरोले यति लिन्छ भन्ने सुनिन्छ, तर हिरो त कथा होः निर्माता ओझा

बुधबार, असोज ३, २०७५, ०९ : ५०कलाकारिता

काठमाडौं, ३ असोज – निर्माता छविराज ओझाले फिल्मको मुख्य मेरुदण्ड हिरो नभएर कथा भएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओझाले यस्तो बताएका हुन् ।

‘यहाँ हिरोले फिल्ममा यति लियो र उति लियो भन्ने सुनिन्छ तर फिल्मको मुख्य हिरो त कथा नै हो, बलियो कथा भयो भने फिल्म राम्रो बन्न सक्छ’, उनले भने, ‘मलाई साथीभाइले अहिले पनि पुरानो खालको फिल्म बनाउने निर्माता भनेर ट्याग दिनुहुन्छ तर कथा राम्रो भयो भने हामीले फिल्म बनाउन तयार छौँ ।’

साथै उनले केही फरक गर्न विषय उठाइएको फिल्म ‘मंगलम’ बाट राम्रो प्रतिक्रिया पाएको पनि बताए । ‘हामीले केही नयाँपन दिन खोजेका थियौँ, यो फिल्मले राम्रो प्रतिक्रिया पायो ।’, उनले भने ।

अभिनेत्री शिल्पा पोखरेलसँग नाम जोडिँदै आउने छविराजले पछिल्लो समय फिल्म ‘मंगलम’ निर्माण गरेका थिए । यसपछि भने उनले कुनै फिल्म निर्माणको घोषणा गरेका छैनन् । उनले नायिका शिल्पा पोखरेलसँग बिहे गरिसकेको बताइन्छ । तर, यो कुरा छवि र शिल्पाले सार्वजनिक रुपमा बताएका छैनन् ।

https://youtu.be/4oA0nZgXOPg


तपाईंको प्रतिक्रिया