यी ब्रिटिश अभिनेत्री, जो हात मिलाउन पनि डराउँछिन् − Kalakarita
यी ब्रिटिश अभिनेत्री, जो हात मिलाउन पनि डराउँछिन्

सोमबार, चैत्र १९, २०७४, १२ : ५०कलाकारिता

लण्डन – ब्रिटिश अभिनेत्री तथा लेखिका जोन कोलिन्स आफ्ना मित्र तथा सह-कलाकारसँग हात मिलाउन र अंकमाल गर्न पनि डराउँछिन् ।

यसको कारण भने अरु केही नभएर कुनै संक्रमण नहोस् भनेर हो । उनी आफ्नो शरीरलाई स्वस्थ राख्न चाहन्छिन् र कुनै व्यक्तिको रोग आफूमा नसरोस् भन्ने चाहन्छिन् ।

अभिनेत्रीले डेली मेललाई बताएकी छिन्, ‘म हात मिलाउन र अरुसँग अंकमाल गर्नबाट जोगिन्छु ।’

उनले भनेकी छिन्, ‘जस्तो कि मेरो  परिवारबाहेक अरुसँग किस गर्न या गला मिलाउन सक्दिन, यो मेरा लागि सम्झौता गर्न नसकिने काम हो ।’

वेबसाइट फिमेलफ्रस्ट डट को युका अनुुसार टिभी शो ‘डायनेस्टी’ मा गर्दा गरिसकेकी कोलिन्सलाई पछिल्लो समयको अन्तमा दुबई जाँदा विमानको दौरान संक्रमण भएपछि आफू मर्छु कि भन्ने लागेको बताइन् । त्यतिबेला उनी एक हप्तासम्म बिस्तारामा थला समेत परेकी थिइन् ।


तपाईंको प्रतिक्रिया