मुम्बई – कैयन् भिलेनको रोल गरेका डेनी डन्जोगपा यस वर्ष तीन फिल्म बायोस्कोपवाला, मणिमर्णिका र ब्याटल अफ सारगढी फिल्ममा देखिँदैछन् । यसअघि उनी फिल्म नाम शबाना मा देखिएका थिए । उक्त फिल्ममा यिनको छोटो भूमिका थियो ।
कैयन् हिट फिल्म दिएका डेनीलाई ब्लकबस्टर फिल्म ‘शोले’ को गब्बर सिंहको रोलको अफर आएको थियो । तर उनले उक्त भूमिकालाई रिजेक्ट गरिदिएका थिए ।
तर किन हानेका थिए त रिजेक्ट? उनले यो कुराको खुलासा गरेका छन्, त्यो पनि ४३ वर्षपछि । उनले बताएअनुसार जतिबेला उनलाई निर्देशकले गब्बरको रोल दिएका थिए, त्यतिबेला ‘धर्मात्मा’ फिल्ममा अनुबन्धित भइसकेका थिए ।
उक्त फिल्मलाई फिरोज खानले पाकिस्तानमा शूटिङ गर्ने अनुमति लिएका थिए । त्यसैले उनले गब्बरको रोलमा अभिनय गनृ पाएनन् । यदि पाकिस्तान नभएर भारतमै शूटिङ हुन्थ्यो भने उनले उक्त फिल्ममा पनि अभिनय गर्न सक्ने बताएका छन् ।
तपाईंको प्रतिक्रिया