बिहीबार, साउन ३, २०७५, ०९ : ५१
कलाकारिता


काठमाडौं, ३ साउन – प्राध्यापक डाक्टर गोविन्द केसीलाई भेट्न साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र, अभिनेत्री मनीषा कोइराला टिचिङ अस्पताल पुगेका छन् ।
डाक्टर केसीको यतिबेला त्रिवि अस्पतालमा उपचार भइरहेको छ । जुम्लामा टिचिङ अस्पताल खोलिनुपर्ने मागसहित उनी २० दिनदेखि अनशन बसेका थिए ।
उनलाई आज नै सरकारले झुक्याएर हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो । सामाजिक सञ्जालमा गोविन्द केसीको समर्थन र सरकारको व्यापक विरोध भइरहेको छ ।
तपाईंको प्रतिक्रिया