‘रोज’ को ट्रेलरमा सस्पेन्स भूमिकामा प्रदीप (भिडियो) − Kalakarita
‘रोज’ को ट्रेलरमा सस्पेन्स भूमिकामा प्रदीप (भिडियो)

शुक्रबार, भाद्र ८, २०७५, ०५ : ५१कलाकारिता

काठमाडौं । केही दिनअघि गीत सार्वजनिक गरेर चर्चा कमाएको प्रदीप खड्का अभिनित चलचित्र ‘रोज’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा चलचित्र टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

सस्पेन्स थ्रीलर लाग्ने चलचित्रको ट्रेलरमा मुख्य भूमिकामा प्रदीप खड्कालाई देखाइएको छ । उक्त ट्रेलरमा प्रदीप खड्का, मिरुना मगर र परमिता राणालाई मुख्य पात्र बनाइएको छ । ट्रेलर रिलिज कार्यक्रममा निर्देशन निरक पौडेल, प्रदीप खड्का, कर्मा, मिरुना मगर लगायत उपस्थित थिए ।

लामो समयदेखि रोजी महर्जन हत्याकाण्डसँग मुछिएर विवादमा फस्दै आएको चलचित्रले अन्तिम समयमा आएर नाम फेरेको थियो । यद्यपि निर्देशकले भने उक्त घटनासँग कथासार नमिल्ने बताउँदै आएका छन् ।

‘हामीले एउटा घटनाबाट लिएका होइनौँ, यो फिल्म गर्दासम्म रोजी महर्जन हत्याकाण्डका बारेमा थाहा थिएन, कथा मिल्दैन ।’, निर्देशक पौडेलले भने ।

चलचित्रको कथा केदार भुसालले लेखेका हुन् भने आर्या पौडेल र आरोही केसीले निर्माण गरेका हुन् ।


तपाईंको प्रतिक्रिया